Categories समाचार

वीरगन्जमा पनि मनाइयो `विश्व आत्महत्या रोकथाम दिवस´

Advertisement

वीरगन्ज । विश्व आत्महत्या रोकथाम दिवस वीरगन्जमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा वीरगन्जमा र्याली तथा सचेतना कार्यक्रम गरिएको हो ।

वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजना तथा विभिन्न संस्थाहरुको सहकार्यमा “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने राष्ट्रिय नाराका साथ र्याली तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको वीरगन्ज महानगरपालिका स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदलका संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए ।

Advertisement

वीरगन्जको घण्टाघरबाट निक्लेको र्याली माइस्थान मन्दिर, आदर्शनगर हुँदै नारायणी अस्पतालमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले आत्महत्या न्यूनीकरणबारे विभिन्न प्लेकार्ड बोक्नुका साथै नाराहरु लगाएका थिए ।

Advertisement

मंगलबार गरिएको सो कार्यक्रममा सहकार्य गरेका विभिन्न संघसंस्था, कलेज, प्रहरी प्रशासन, डाक्टर, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *