- हो म बाँच्न चाहन्छु
मलाई पनि बाँच्न देउ
ति नकारात्मक भावनालाई
खुलेर बोल्ने अवसर देउ
- पर्खि बस्दछु आशा लिएर
निःसहाय महसुस गर्दा,
वेवास्ता र अपहेलनाको सिढी चढदा
तिता र रिक्तता भावले
डगमगाउँदछ पथ मेरो
कसैले समयमा न सम्हाल्दा
- एक्लो र उदास हुन्छु
तडपिन्छु जब सुत्न नपाउँदा
स्नेह र माया खोज्दछु
बुझ्दैनन कोइ मेरो पिडा हेर्दा
- कायर भन्छन सबले
तर म मान्दिन
परिस्थितिले बिचलित भएछु
मलाई बुझने जब कोइ पाउदिन
- हो म मा कमजोर भावना छ
स्विकार गर्दछु
मेरो हात सम्हाल समयमै
यति आश गर्दछु
- स्वयंलाई सम्हाल्न खोज्दा
खिन्न भएको छु
हो म व्यक्त गर्न सक्दिन
भित्र भित्रै टुक्रिएको छु
- बाटो कुरेर दिनकै बित्छ
नजर अन्दाजमा घाइते मेरो भावना
खै किन ,मेरो पिडा सुन्न
कोइ तयार हुन्छ
- गुम्सिएर,एकान्त मन पराउँछु
भोक ,प्यास सब बिर्सिएर बस्छु
सोध्न कोइ आफन्त आउदैन
बिशेष मायाको खाँचो हुन्छ तब
कोइ समस्या बुझिदिए हुन्छ
- चर्केर ,झर्केर धिक्कार गर्दछ
जिस्काउने, हप्काउने सब देखाउँछ
छिया छिया परेको मनलाई
कहाँ कसैले समानुभुति देखाउँछ
- पर्खाइमा सधैं हुन्छ यो आँखा
मन भित्र बिन्ति लिएर
समयमै मलाई सम्हालिदेउ
आत्महत्या को सोच आउदा
बाँच्न चाहन्छु म
आशाको दियो बालेर ।

(ज्योति झा ✍️🙏)







