वीरगन्ज । पर्सा जिल्लाबाट पहिलाे पटक दुई जना कब्ड्डी खेलकाे राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल भएका छन् ।
राष्ट्रिय स्तरको एड्भान्स रेफ्री निर्णायक तथा प्रशिक्षक तालिम लिएसंगै पर्सा जिल्लाका आकाश पटेल र रनु दास तत्माले कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन् ।
काठमाडौंमा भदौ २१ देखि २७ गते सम्म सञ्चालित उक्त तालिममा पटेल र तत्मासंगै देशभरका १५५ जनाले तालिम लिएका हुन् ।
तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिए।
तालिममा सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित कुमार, प्रशिक्षक श्रीनिवासन रेड्डी, ई प्रसाद राव,पार्वती राई, विषणणु भट्ट ,महासचिव झा लगायतले प्रशिक्षण दिएका थिए ।







