Categories समाचार

आज मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाइँदै

Advertisement

वीरगन्ज । मुस्लिम धर्मावलम्बीहरुद्वारा मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन आज मनाइँदै छ ।

सरकारले आज (सोमवार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।

Advertisement

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

Advertisement

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *