Categories समाचार

तेरापंथ युवक परिषदको कार्यक्रममा २११ जनाले गरे रगत दान

Advertisement

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा आयोजना भएको रक्तदान कार्यक्रममा १६ महिला सहित २११ जना ले रगत दान गरेका छन ।

रक्तदान गर्नेहरुमा अन्नु कर्ण,निशा कार्की,संगीता शर्मा ,कुसुम जैन,रुचिका मोरे,सारिका अग्रवाल,प्रीया गुप्ता,स्वेता श्रीवास्तव ,पुजा दुगड,संगीता सरावगी ,रिशिका पोखरेल र उहाको बुबा रन्जित पोखरेल,सुभाष भट्टराई ,सुशील कुमार सिंह ,मुकेश अग्रवाल,आकाश पटेल,अरजेश केसि,गौतम कानु,बिक्रम तिवारी,गोपाल अग्रवाल,राकेश महर्जन लगायत रहनुभएको छ ।

Advertisement


प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज दाता दानिहरुको शहर रहेकोले तेरापंथ युवक परिषदले आयोजना गरेको जिवनदान जस्तो महादान कार्यमा रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको र तेरापंथले विगतका वर्षहरुमा यस्तो सामाजिक कार्य गर्दै देश जनता समाजको सेवा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गर्दै यस्ले ४ दिनमै ६५० जति रगत संकलन गरिसकेकोले अब १५०० पिन्ट रगतको लक्ष्य टाढा नरहेको बताउदै शुभकामना पनि दिनु भयो ।

Advertisement

तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी तेरापंथ युवक परिषदका केन्द्रीय सचिव अमित नाहटा , तेयुप नेपालका प्रभारी जिनेन्द्र नौलखा, अतिथिहरुमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद ,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती विरेन्द्र राज कडेल,उपसभापती मधु राणा लगायतको उपस्थिति रहेको थियो ।

तेरापंथ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज चौथो दिन वीरगन्जको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक जितेन्द्र कुश्वाहा लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले र सहजीकरण सचिव सुमित सेठियाले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *