Categories समाचार

कांग्रेस सभापति रिसाए सरकार ढल्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रिसाएपछि दुई तिहाइको सरकार ढल्ने बताएका छन् । 

संविधान दिवसको अवसरमा रास्वपाले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको संविधान मन्थन कार्यक्रममा बोल्दै लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका हुन् ।

Advertisement

जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाँदा निराशा छाएको उदाहरण दिदैँ उनले भने, ‘दुई तिहाइको सरकार अस्थिर छ।

Advertisement

कांग्रेस सभापति रिसाए सरकार ढल्छ, अनि राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’ उनले राजनीतिक दलहरू नै सुधारको आधार भएको र योग्य प्रतिनिधि पठाउन सके मात्र परिवर्तन सम्भव हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *