Categories समाचार

आलुको बोरामा कपडाको तस्करी, दुई भारतीय नागरिक पक्राऊ

मकवानपुर । मकवानपुर प्रहरीले करिब एक करोड ३५ लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटेबाट लत्ताकपडा, सवारी साधनसहित २ जना पक्राउ गरेको हो ।

सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको डब्लुबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक सोही स्थानका बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने बर्ष १९ का मुना मियालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

ट्रक रोकेर खानतलासी गरी पुर्जी दिई निजहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा सो ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा बिभिन्न किसिमका तयारी कुर्ता, रोलसहितको सर्ट एवं पाईन्टका कपडाहरु ल्याएको पाईएको हो ।

Advertisement

अबैध रुपमा भन्सार छलेर ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतीय ट्रक समेत गरी जम्मा १ करोड ३५ लाख बराबरको सामाग्रीहरु बरामद गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *