Categories शिक्षा

साहिब दरबारद्वारा त्रिजुद्ध माविमा पनि स्कूल ब्याग वितरण

Advertisement

वीरगन्ज । साहिब दरबारको ५ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथै बालबालिकाहरुलाई ब्याग वितरण गरि मनाइएको छ ।

वीरगन्ज महानगरका विभिन्न बिद्यालयमा गत आइतबारदेखि ब्याग वितरण गर्दै आएको साहिब दरबार संस्थाले बिहीबार वीरगन्जको त्रिजुद्ध माध्यमिक बिद्यालयको बालविकास कक्षमा अध्ययनरत बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेको छ ।

Advertisement

बिद्यालयमै आयोजित कार्यक्रममा साहिब दरबार सिवान भारतका पूज्य सरकारजी महाराजले बालविकास कक्षामा अध्यन्नरत ८६ जना बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेका थिए ।

Advertisement

यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा बिद्यालय प्रतिको लगाव बढाउनुका साथै नियमित बिद्यालय आउन अभिप्रेरित गर्ने साहिब दरबार वीरगन्जका संरक्षक एवं वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।

बिद्यालय प्रधानाध्यापक नविनकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा साहिब दरबार वीरगन्जका संरक्षक एवं वीरगन्ज महानगरपालिकाका मेयर सिंह, भारतको सिवानबाट आएका साधुहरु, वीरगन्जका समाजसेवी, संचारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *