वीरगन्ज । सिंघाड़ा या ‘सिंघाण’ एक त्रिभुज आकारको फल हो जुन पानीमा फैलिएको लतामा हुन्छ। त्यसको टाउकोमा सिङजस्तै दुईवटा काँडा छन्। यसलाई छिलेर यतिकै खानुका साथै यसको फल सुखाएर पिनेर आटा पनि बनाइन्छ ।मानिसहरूले उपवासको समयमा त्यो पीठोबाट बनेको खानेकुरा उपभोग गर्छन् किनभने यसलाई अन्न नभई फल मानिन्छ। अंग्रेजी भाषामा यसलाई Water caltrop, Water Chestnut आदि नामले पनि चिनिन्छ।

यसको जरा पानी मुनि टाढासम्म फैलिएको हुन्छ । यसका लागि पानी भित्र माटो हुनु आवश्यक छ, यो गिट्टी वा बलौटे जमिनमा फैलिन सक्दैन। यसको पातहरू तीन औंला चौडा र कड्क हुन्छ । जसको तल्लो भाग रातो हुन्छ। फूलहरू सेतो रङका हुन्छन्। फलहरू त्रिकोणीय हुन्छन् जसको दुई छेउ काँडा वा सिङहरू जस्तै बाहिर निस्कन्छ।
सुख्खा फलको दानाबाट पीठो पनि बनाइन्छ जसलाई मानिसहरुले व्रतको दिन फलफूलको रुपमा खाने गर्दछन् । यो पीठो अबीर बनाउन पनि प्रयोग गरिन्छ।

के तपाईलाई पानी सिंघाड़ा बारे थाहा छ ? शरीरको लागि धेरै फाइदा जनक हुन्छ पानी सिंघाड़ा । अषाढमा यसको बिउ पोखरी, पानी भएको खाल्डोमा हालिन्छ । एकपटक हालेपछि ४-५ बर्ष सम्म फल दिन्छ यसले । चाड पर्वको बेला देखि यसको फल सुरु हुन्छ ।
पानी सिंघाड़ाको फाइदाहरु :
मधुमेहको लागि फाइदाजनक: यसमा न्यून ग्लैसेमिक इन्डेक्स हुन्छ र हाइ फाइवरको मात्रा हुन्छ जसले मधुमेहमा सघाउ पुर्याउछ ।
रक्त बिश्कताको सुधता : मृगौल रोगिहरुको जो दिर्घ रोगि छन् पानी सिंघाड़ाले फाइदा पुर्याउछ ।
महिलाहरुको लागि फाइदाजनक : महिलाहरुमा हुने पटक पटक पिसाबको संक्रमणमा यसले फाइदा पुर्याउछ । साथै महिलाहरुको प्रजन्न स्वास्थ्यमा पनि फाइदा पुर्याउछ ।
शरीरको आन्तरिक सुजन्मा फाइदा हुने : यसको अन्तनिहित गुणले शरीरको कोश्हरुमा हुने सुजन्मा फाइदा पुर्याउछ ।
थाइराड रोगीमा फाइदा : यसमा आयोडिनको मात्रा पाउने भएकोले थाइराइड रोगिलाई यसको सेवन बाट फाइदा हुन्छ।
क्यानसर रोग बिरुद्धको फाइदा : यसमा पाउने धेरै मात्रामा ferulic acid ले शरीरलाई क्यान्सरबाट बचाउदछ l
कपाल झर्ने बाट बचाउदछ: यसमा पाउने iron र भिटामिन E को मात्राले कपाल झर्नबाट बचाउद छ।
पाचन शक्तिमा फाइदा : यसमा पाउने फाइवरले पाचन शक्ति र शरीरको आवश्यक गुड ब्याक्टेरिया(prebiotics) संचय गरि पाचन शक्तिमा फाइदा पुर्याउछ ।
उच्च रक्तचाप र मुटुरोगमा फाइदा: यसमा लो सोडियमको मात्रा तथा अन्य भिटामिन र लवन पाउने भएकोले यसले उच्च रक्तचाप र मुटुलाई फाइदा पुर्याउछ ।
लिभर फंकसन लाई राम्रो गर्दा छ: यसमा पाउने anti oxidant र phytonutrient ले शरीरको लिभारलाई स्वस्थ राख्दछ।
मोटोपनको नियन्त्रण: यसमा हुने लो क्यालोरी, हाई फाइवर र लो ग्लाइसेमिक इन्डेक्सले मोटोपना लाई नियन्त्रण गर्दछ।
तनावको नियन्त्रण: यसमा पाउने बिभिन्न लवन र भिटामिन B को मात्राले स्नायु प्रणालीलाई बलियो बनाइ तनावको स्व नियन्त्रण हुने गर्दछ।
प्रतिरक्षा प्रणाली लाई बलियो बनाउदछ: यसमा पाउने भिटामिन C को मात्राले शरीरलाई संक्रमण र प्रतिरक्षा प्राणालीको शक्तिलाई बलियो बनाउदछl
शक्तिको भण्डार : यसमा पाउने potassium, magnesium र भिटामिन B6 इत्यादिको खनिज र भिटामिनको गुणले गर्दा यसलाई power house of healthy nutrient भनिन्छ।
पुरुषको स्वास्थ्यमा फाइदा जनक : यसमा पाउने zinc र anti oxidant बिशेषताले गर्दा विर्यको गुण र पुरुष प्रजनन स्वास्थ्यमा पुरुषको स्वास्थ्यमा फाइदा पुर्याउदछ।

अनिशकान्त कुश्वाहा
जन स्वास्थ्य निरीक्षक


