Categories समाचार

अलौमा दुव्र्यवहार र हुलहुज्जत गर्न खोज्ने लामिछानेलाई कारबाही गर्न एमालेको माग

वीरगंज । नेकपा एमालेले वीरगंजको वडा नं. १७ अलौमा पानी निकासीका लागि अनुगमनमा जानेलाई हुलहुज्जत गर्दै दुव्र्यवहारमा संलग्न स्थानीय सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको छ ।

नेकपा एमाले वीरगंज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले एक विज्ञप्ति जारी गर्दै कुटपिट र हुलहुज्जतमा संलग्न लामिछानेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

Advertisement

वडा नं. १७ का वडा अध्यक्ष सन्जिव बहादुर क्षेत्री र सोही वडाका वडा सदस्य एवं नेकपा एमालेका वीरगंज महानगर कमिटी सचिवालय सदस्य समेत रहेका आमोद यादव डुबानको बारेमा गएको आइतबार स्थानीयको घरघरमा पुगेर बुझिरहेको अवस्थामा अलौ पुग्दा लामिछानेले एक्कासी आएर सचिवालय सदस्य यादबमाथी हातपात र कुटपिट गर्नु निन्दनीय कार्य रहेको भन्दै एमालेले उनलाई कारबाहीको माग गरेको हो ।

Advertisement

विज्ञप्तिमा घटनाको भत्र्सना गर्नुका साथै त्यसमा संलग्नलाई लामिछानेलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरिएको छ ।

हालै आएको वर्षाका कारण वीरगंज महानगरपालिका वडा नं. १७, २४, २५ र २६ का दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको स्थानीयको गुनासो पछि डुबानको समस्या समाधान गर्ने उद्देश्यले वडा नं. १७ का वडा अध्यक्ष सन्जिव बहादुर क्षेत्री र सोही वडाका वडा सदस्य आमोद यादव असोज २० गते आइतबार अलौंको स्थलगत निरीक्षण गर्न गएका बेला स्थानीय सुदर्शन लामिछानेले एक्कासी वडा सदस्य एवं नेकपा एमाले वीरगंज महानगर कमिटी सचिवालय सदस्य समेत रहेका आमोद यादबलाई हातपात र कुटपिट गरेको प्रति हाम्रो पार्टीले घोर भत्र्सना सहित निन्दा व्यक्त गर्दछौँ ।

घटनाको विषयमा कुनै विवाद भए वार्ता र छलफलकै माध्यमद्वारा समस्याको समाधान गर्नु पर्नेमा गुण्डागर्दी शैलीमा हातपात र दुव्र्यवहार हुनु कुनै पनि परिस्थितिमा न्यायाचित नरहेकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गर्दछौँ महानगर सचिव कुर्मीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *