Categories समाचार

महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने लामिछानेलाई कारबाही गर्न जसपाको माग

वीरगंज । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा महानगर प्रमुख सिंह माथि दुव्र्यवहार गर्ने अलौंका सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेलाई कारबाही गर्न माग गरिएको हो ।

हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिकाको वडा नं. १७, २४, २५ र २६ को दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएको र सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला सिंह माथि दुव्र्यवहारको प्रयास भएको थियो ।

Advertisement

स्थानीय सरकारको प्रमुखले आफ्नो पालिका भित्रका नागरिकले भोगेको समस्या जान्ने, बुझ्ने र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नु उसको दायित्व कर्तव्य भएको भन्दै विज्ञप्तिमा नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर समस्या आएको ठाउँमा स्थलगत रुपमा नै पुगेर समाधानका लागि पहल उठाउनु एउटा सरकार प्रमुखको सह्रानीय कार्य रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

अलौँमा शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेले महानगर प्रमुखमाथि दुव्र्यवहार र हुलहुज्जतको प्रयास गर्न खोजेको कार्य निन्दनीय रहेको भन्दै उच्छृङ्खल घटनामा संलग्नलाई कडा कारबाही गर्न पनि समाजवादी पार्टीले माग गरेको छ ।

पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आवश्यक परे प्रतिकार गर्न जनता समाजवादी पार्टी तयार रहेको भन्दै विज्ञप्तिमार्फत चेतावनी पनि दिइएको छ ।

पानीको निकास रोकेर त्यस क्षेत्रका स्थानीयलाई डुबानमा पारी लामिछाने सहितका केही व्यक्ति रमाउन खोजेको देखिएको भन्दै तत्काल त्यहाँका आम स्थानीयको जनजीवन सामान्य बनाउन तर्फ सबै लाग्न पनि जसपाले आग्रह गरेको छ ।

अघिल्लो दिन वडा नं. १७ का वडा सदस्य आमोद यादवमाथी अघिल्लो दिन आक्रमण गर्ने व्यक्ती र भोली पल्ट सोमबार महानगर प्रमुखलाई पनि दुव्र्यवहार गर्ने व्यक्ती उही हुनुले उनीहरु परिचालित र पुर्वाग्रह मानसिकताबाट ग्रसित भएर नियोजित रुपमा नै घटना गराएको देखिएको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीले घटनाको यथार्थ छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *