वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिष्वावामा एक महिलाको शंकास्पद मृत्यु भएको भन्दै पोस्टमार्टम गरिएको शव पुनः नारायणी अस्पताल लगिएको छ ।
संजय सर्राफकि श्रीमती अन्दाजी २३ वर्षीया गिताञ्जली कुमारी (राधा देवी) ले आत्महत्या गरेको भनिएपनि घटना शंकास्पद रहेको र राधालाई कुटपिट गरि हत्या गरिएको माइतीपक्षले आरोप लगाएर शवको अन्तिम संस्कार गर्न नमानेपछि शव पुनः अस्पताल लगिएको हो ।
बिहान ६:५७ मिनेट सम्म मामाको छोरीसँँग राधाले कुरा गरेको र भोलि मामालाई ससुरालीमा पञ्चायती गर्न पठाइदिन भनेकी बहिनीको मोबाइल अचानक अफ आउन थालेको मृतकका भाईले बताए । करिब २२ महिना अघि हिन्दु परम्परा अनुसार बिहे भएको राधाको ७ महिनाकी छोरी रहेको उनले सुनाए ।
माइतीपक्षका अनुसार बिहानसम्म कुरा भएको उनले कसरी आत्महत्या गरिन र ससुराल पक्षले बिना कसैलाई जानकारी कोठा खोल्नु, माईतीपक्षको बिना उपस्थिति पोस्टमार्टम गराउनु आफैंमा शंकास्पद रहेको सुनाए ।
पोस्टमार्टम भइसकेको शवको अन्तिम संस्कारको तयारी भइरहदा माइती पक्षले नमानेपछि राति पुनः शव नारायणी अस्पताल लगिएको स्थानीय बताए ।


