Categories समाचार

उड्न लागेको बुद्ध एयरको विमानमा एक यात्रुले आकस्मिक ढोका खोलेपछि…

जनकपुरधाम । विराटनगरबाट जनकपुरका लागि उड्न लागेको बुद्ध एयरको विमानमा एक यात्रुले आकस्मिक ढोका खोलेपछि उडान प्रभावित भएको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार विमान काठमाडौंबाट जनकपुर जाँदै थियो, तर खराब मौसमका कारण विराटनगर अवतरण गरिएको थियो।

Advertisement

जनकपुरको मौसम सुधार भएपछि विमान विराटनगरबाट उड्न तयारीमा थियो। धावनमार्गमा प्रवेश गर्ने क्रममा यात्रु पंकजविक्रम शाहले आकस्मिक ढोका खोलेका थिए।यसपछि चालक दलले विमानलाई पार्किङ क्षेत्रमा फिर्ता लगे। साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *