Categories समाचार

मोटरसाइकलको ठक्करबाट ६० वर्षीय व्यक्तिको मृत्यु

वीरगञ्ज । मोटरसाइकलको ठक्करबाट एक ६० वर्षीय व्यक्तिको मृत्यु भएको छ। पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा बिहीबार राति मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्गा मन्दिरमा भजन कीर्तन गरेर घर फर्कने क्रममा मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै ६० वर्षीय भबीछण महतोको मृत्यु भएको हो ।

Advertisement

पर्सागढी नगरपालिका वडा नम्बर २ गोडपसरा निवासी ३४ वर्षीय सुनिल महतोले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकल (ना १५ प ५७६८) बाट ठक्कर दिँदा महतोको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल चालक सुनिल महतो र पछाडि सवार २८ वर्षीय प्रदुमन चौधरीलाई बडनिहार प्रहरी चौकीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाएको छ। शवलाई पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको बडनिहार प्रहरी चौकीका इन्चार्ज सञ्जय रामले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *