Categories समाचार

सोनार युवा अभियानद्वारा वीरगन्ज मेलामा प्रसाद वितरण

Advertisement

वीरगन्ज । हिन्दुहरुको महान चाड बडा दशैंको अवसरमा आज सोनार युवा अभियान संस्थाले प्रसाद वितरण गरेको छ।  

वीरगन्ज स्थित रहेको प्रसिद्ध शक्तिपिठ माईस्थान मन्दिरमा हरेक वर्ष लाग्ने मेलामा आएका भक्तजनहरूलाई प्रसाद स्वरुप चना भुजा वितरण गरिएको हो ।

Advertisement

घण्टाघर नजिकै स्टल राखी समाजिक संस्था सोनार युवा अभियानले भक्तजनमा प्रसादको रुपमा चना भुजा र पानी वितरण गरिरहेको छ ।

Advertisement

प्रत्येक वर्षझै यस वर्षपनि बडा दशैंको अवसरमा वीरगन्जमा लाग्ने मेलामा माताको दर्शन गर्न तथा मेला घुम्न आउने भक्तजनलाई सेवा गर्दै संस्थाले चना भुजा खुवाएको संस्थाका अध्यक्ष राजकुमार सर्राफले जानकारी गराए ।

स्वजातिय युवाहरूको सहयोगमा आयोजना गरिएको प्रसाद वितरण कार्यक्रममा विवेक सरार्फ, राहुल राज सर्राफ, गौतम सर्राफ, सुमन सर्राफ, नविन सर्राफ, रमेश सर्राफ, शम्भु सर्राफ, प्रभु सर्राफ, हरिओम सर्राफ, जैकी सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *