Categories खेलकुद

संरक्षणको अभावमा लोप हुँदै गएको कुस्ती खेल प्रोत्साहनमा लाग्न मेयर सिंहको अनुरोध

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीमा एकदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

पर्साको प्रसिद्ध धार्मिक स्थल विन्दवासिनीमा आज विन्दवासिनी मेला समितिले एकदिने कुस्ती प्रतियोगिता आयोजना गरेको थियो । जसमा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट आएका कुस्ती खेलाडीहरुले भाग लिएका थिए ।

Advertisement

मेला समितिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्ष्तामा सम्पन्न प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए ।

Advertisement

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख सिंहले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै हामीले पनि हाम्रो क्षेत्रको पारम्परिक कला, संस्कृति र खेललाई प्रोत्साहन गर्ने जिम्मेवारी अनुसार अघि बढिरहेको जानकारी गराए ।

तिलावे पुल नजिकै खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भारतकाे हरियाणा, बनारस, गाेरखपुर र नेपालकाे पर्सा, धनुषा, नवलपरासी लगायतका स्थानबाट आएका खेलाडीहरुले प्रदर्शनीको शोभा बढाएको अध्यक्ष कलवारले जानकारी गराए।

प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा विन्दवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लाल साह कलवार, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, हरि पोखरेल, हिरालाल यादव, उपेन्द्र राय बरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन स्थानिय युवा नेता अमित यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *