Categories समाचार

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै मन्त्री गुप्ताले आफ्नो पालिका र जिल्लाको विकासका लागि राजनीतिक आस्था भन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।

Advertisement

साथै उनले पर्सा जिल्ला कृषि योग्य रहेकोले यहाँकै जनप्रतिनिधि हिसाबले आफू र सिंगो सरकार गम्भीर रहेको बताए।

Advertisement

यो पालिकामा बढी कृषि योग्य भूमि भएकोले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउन सुरुवात भएको बताउँदै मन्त्री गुप्ताले कोल्ड स्टोर संचालन भएसंगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी उनले पालिकाको धोबिया टोल हुँदै लहवारथकरी जोड्न सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *