वीरगन्ज । भारतमा यस वर्ष पनि आयोजना हुने ऐतिहासिक केतकी फूल र आदिगंगा गोमतीको सम्झनामा देशभरका १५ कृतिलाई सम्मान गरिने भएको छ ।
विगत दुई वर्षदेखि आयोजना गर्न लागिएको यो कार्यक्रममा यस वर्ष ११ जना महिला र ६ जना पुरुषलाई गोमती साहित्य रत्नबाट सम्मान गर्न लागिएको भारतको प्रसिद्ध साहित्यिक संस्था कथाकुञ्ज साहित्य सेवा परिषद्का अध्यक्ष गोविन्द गुप्ताले बताए ।
जसमा नेपालकी अस्मिता पटेल, माता सीताको जन्मस्थल सीतामढीकी नैना साहु, सिंगरौलीकी विजयलक्ष्मी शुक्ला, श्वेता श्रीवास्तव, सुरभी सिंह, शिव त्रिपाठी, एकता गुप्ता, मोनिका साई, शिल्पी सक्सेना, नमिता नमनलाई केतकी रत्न र सम्मान प्रदान गरिने तय भएको छ ।
त्यसैगरी सौरभ पाण्डे, दीपचन्द गुप्ता, अंकित चक्रवर्ती, सञ्जय परगाई, पंकज अंगार, सुमित जोशीलाई गोमती रत्नबाट सम्मान गरिने भएको छ ।
सो अवसरमा भारतका राज्यमन्त्री लोकेन्द्र प्रताप सिंह, नगरपालिका अध्यक्ष सन्दीप मलहोत्रा लगायत आमन्त्रित अतिथिहरूले यो सम्मान प्रदान गर्नेछन्, कार्यक्रममा ग्रामीण हब र उद्योग व्यापार प्रतिनिधिमण्डलले विशेष सहयोग गर्दै आएका छन् ।






