Categories समाचार

वीरगन्जमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी

Advertisement

वीरगन्ज । वीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ। आगामी कार्तिक १ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।

Advertisement

मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे कार्तिक १ गतेदेखि सुरु  गरिनेछ।

Advertisement

जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’ र `पम्प स्प्रे´गरिने उनले बताए  ।

वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे र त्यही अनुरुप यहि कात्तिक १ गतेदेखि एयर स्प्रे र पम्प स्प्रेको काम सुरु गरिने उनले बताए  ।

विषादी छर्ने  अभियान ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।

चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने  अभियान सञ्चालन गर्दै आएको छ । साभार : मधेशखबरब

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *