Categories एजेन्सी

एयर इन्डियाको विमानमा बमको धम्की

Advertisement

भारत । मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

२३९ यात्रु रहेको विमानमा बम रहेको धम्कीपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ ।

Advertisement

थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएको भारतीय मिडियाहरूले बताएका छन् ।

Advertisement

यस विषयमा दिल्ली पुलिसले विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *