Categories समाचार

चोरीको आरोपमा पक्राउ परेका युवकको साथबाट नक्कली नोट बरामद

Advertisement

बिरगंज । प्रहरीले रौतहटबाट चोरीको आरोपमा पक्राउ परेका युवकको साथबाट नक्कली नोट बरामद गरेको छ । पक्राउ पर्नेमा परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादव छन् ।

चोरीको आरोपमा पक्राउ परेका यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

आइतबार राति अढाई बजेको समयमा परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका अभिषेकको शरीर खानतलासी गर्दा एक हजार दरको २ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *