Categories समाचार

भारत लैजाँदै गरेको अवैध मदिरा प्रहरीको नियन्त्रणमा

Advertisement

बिरगंज । सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए ।

Advertisement

यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले जनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *