Categories हाइलाइट-समाचार

बारा : गण्डक नहर किनारमा एक पुरुषको शव फेला, छपकैया क्षेत्रको बासिन्दा रहेको आशंका

Advertisement

वीरगञ्ज । बारा जिल्लाको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी पुल नजिक गण्डक नहर किनारमा एक पुरुषको शव फेला परेको छ ।

शव विहानै हिँडडुलमा निस्केका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Advertisement

शवको पहिचान तत्काल हुन नसके पनि प्रारम्भिक अनुमानअनुसार मृतक वीरगञ्जको छपकैया क्षेत्रका बासिन्दा भएको स्थानीयले बताएका छन् । मृत्युको कारण अझै स्पष्ट भइसकेको छैन ।

शव कुहिन थालेको र दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *