Categories एजेन्सी

इजेरियामा इन्धन ट्यांकर विस्फोटबाट १०० भन्दा बढी व्यक्तिको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोटबाट १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार, मंगलबार राति जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेको थियो। दुर्घटनापछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा स्थानीय मानिसहरू आगोको लपेटामा परेका थिए।

Advertisement

माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्यांकर पल्टिएको र त्यसपछि विस्फोट भएको प्रहरीले जनाएको छ।

Advertisement

स्थानीयहरूले सडक र नालीमा पोखिएको इन्धन संकलन गर्न खोजिरहेका बेला विस्फोट भएको थियो। उद्धारकर्मीहरूले घटनास्थलबाट थप शव फेला पारेका छन्, जसले मृतकको संख्या १०४ पुगेको छ। ५० जना घाइतेलाई अस्पताल पुर्याइएको छ भने घाइतेको कुल संख्या १०० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *