Categories समाचार

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ

Advertisement

बिरगंज । महोत्तरीमा स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेका छन्।

बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा प्रहरीले शङ्काका आधारमा साहलाई चेकजाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

Advertisement

साह बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका थिए। पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *