Categories समाचार

विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु

काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको बताए।

Advertisement

उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ। आठ जनाविरुद्ध उजुरी दर्ता गरिएको छ।

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन्।

बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक बिरामीका आफन्तले बताए। साभार : उकालाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *