Categories समाज

बिरगंज समाज सेवाको आयोजनामा २६ औं हप्ता नि-शुल्क खाना बितरण

Advertisement

बिरगंज । आज बिरगंज समाज सेवाको आयोजनामा २६ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो।

सो भोजन नारायणी अस्पतालमा बिरामीहरु , कुरुवाहरु लगायत गरिब , असहायहरुलाई सहज होस भनि हरेक सप्ताहको शनिबार बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरेको बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिनुभयो ।

Advertisement

शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो।

Advertisement

मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , अभिलाष कुमार गुप्तालगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *