बिरगंज । जनता समाजवादी पार्टीको बारा जिल्ला कार्य समिति घोषणा गरिएको छ । आज बारा जिल्लाको कलैयामा अजय पटेलको नेतृत्वमा ४१ सदस्यीय कार्य समिति को घोषणा भएको छ ।
जसपा को सह-महासचिव तथा नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह ,मोहन चौधरी , प्रमोद यादव ,पारस साह , जर्नादन यादव लगायत पार्टीका नेता प्रेमबाबु पटेल, उमेशलाल सहनी , जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन सोनार , बहुदर माई नगर पालिका मेयर सिंगासन साह तेली ,बीरगंज महानगर अध्यक्ष ईश्वर यादव, अरशद कमाल, विपिन यादव लगायत सर्लाही जिल्ला का नेताहरू तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।
जसपा का मधेस प्रदेश अध्यक्ष अशोक यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण संजय केशरीले गरेका थिए ।






