Categories Uncategorized

बम्बई उच्च अदालतबाट भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई जमानत

Advertisement

बिरगंज । भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।

Advertisement

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्। यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ।

Advertisement

छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा पनि सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ।

२०१८ मा मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य दोषी छोटा राजनसहित सबै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे। ‘जे डे’ नामबाट लेख्ने ज्योतिर्मयलाई ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी मारिएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *