Categories समाचार

महिला ठगी गिरोहसँग सचेत रहन प्रहरीको आग्रह

जनकपुरधाम । रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले सोझा–सिधा व्यक्तिहरूलाई प्रलोभनमा नपर्न सचेत गराएको हो।

भारतीय ४–५ जनाको महिला समूहले गौर नगरक्षेत्रका महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको पाइएको छ।

Advertisement

उनीहरूले चाँदीको पायल दिएर एक दिनपछि पायलसँगै राइस कुकर दिने, चाँदीको बिच्छिया दिएर एक दिनपछि बिच्छियासहित पितलको कमण्डलु दिने, र सुनको मंगलसूत्रसँग अन्य गहना दिएर एक दिनपछि गरगहना र नगद ५० हजार रुपैयाँसहित फ्रिज दिने भनी ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

प्रलोभनमा पार्ने यस्ता गिरोह देखिएमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा फोन गरेर जानकारी दिन प्रहरीको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *