Categories समाचार

फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०

Advertisement

मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण आएको बाढी र पहिरोमा परेर मर्ने र बेपत्ता हुनेको संखया झन्डै १३० पुगेको छ । शुक्रबार उत्तरपश्चिम फिलिपिन्समा ट्रामी आँधीले वितन्डा मच्चाउँदा झन्डै ८५ जनाको मृत्यु भएका थिए भने अरु ४१ जना हराइरहेका छन् ।

यसलाई यसवर्ष फिलिपिन्समा आएको सबैभन्दा विध्वंसकारी आँधी मानिएको त्यहाँको सरकारको विपद प्रतिक्रिया एजेन्सीले भनेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Advertisement

दर्जनौं प्रहरी, अग्निनियन्त्रक र अन्य आकस्मिक कर्मचारी कुकुरको साथमा शनिबार बातान्गास प्रान्तको तालिसेको शहरमा हराइरहेका गाउँलेहरूको खोजी गरिरहेका थिए । देशका केही हिस्सामा दुई महीनामा पर्ने पानी २४ दिनमै परेको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा २० वटा जति आँधी आउने गरेको छ । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *