Categories समाचार

बिरगंजमा पनि नेपाल संवत् ११४५ विभिन्न कार्यक्रम गरी मनाइँदै

Advertisement

बिरगंज । नेपाल संवत् ११४५ आज बिरगंजमा पनि नेवार समुदाय द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल संवत् ११४५ को नयाँ वर्ष प्रारम्भ भएको शुभ अवसरमा बिरगंजको नेवार समुदाय द्वारा आयोजित नेपाल संवत कार्यक्रम बिरगंज वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्कमा सम्पन्न भएको छ।

सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवको प्रमुख आतिथ्यमा एवम बिरगंज  महानगरपालिकाका प्रमुख राजेश मान सिंहको , प्रधयापक डा. दिपक शाक्य , सन्चारकर्मी राजु श्रेष्ठको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

सो अवसरमा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले बिरगंजमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेर सबैमा सुख, शान्ति, र समृद्धिको कामना व्यक्त गरेका थिए। शंखधर साख्वाले विक्रम संवत ९३७ इस्वी संवत ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो ।

Advertisement

यस ऐतिहासिक संवतका अवसरमा आज देशभर विविध कार्यक्रमहरूको आयोजना समेत गरिएको छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएका थिए । विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७  मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन। आजको कार्यक्रम नेपाल संवत ११४५ समारोह समिति बिरगंजले आयोजना गरेका थिए।कार्यक्रममा 
बिरगंजको नेवार समुदायका मानिसहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *