Categories समाचार

सुनसरीबाट ३ सय किलो बढि गाँजा बरामद

सुनसरी । प्रहरीले सुनसरीबाट तीन क्विन्टल बढी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरबाट प्रहरीले ट्रकमा लुकाएर राखेको अवस्थामा तीन क्विन्टल ४० केजी गाँजा बरामद गरेको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४११४ नम्बरको ट्रकबाट यो परिमाणमा गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय भण्टाबारी र अस्थाई प्रहरी पोस्ट हरिपुरबाट खटिएको टोलीले ट्रक रोक्न खोज्दा चालक फरार भएपछि शंका लागेर प्रहरीले चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार ट्रकको माथिल्लो भागको छतभित्र फल्स बटम बनाइ १९ वटा बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो।

बरामद भएको गाँजाबारे आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *