Categories समाचार

सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो

Advertisement

काठमाडौं । नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो। निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ।

Advertisement

‘लिफ्ट बिग्रेपछि बन्द गरिएको छ,अब सशुल्क गरेर मात्रै चलाउने भन्ने छ,यसको लागि सफ्टयार निर्माण भइरहेको छ,सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’उनले भने।  २०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन। धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।

Advertisement

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो। भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *