Categories राजनीति

पर्सामा दुई दलिय संयन्त्र बैठक सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने

बीरगन्ज । नेपाली कांग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्र पर्साको बैठक आइतबार बीरगन्जमा सम्पन्न भएको छ ।

संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माण को लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु सित छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेपाली काग्रेस पर्साको सभापति तथा प्रदेश सरकार भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री को सभापतित्वमा भएको बैठकमा नेपाली कांग्रेसका उप सभापति रामनारायण कुर्मी र जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता थियो ।

नेपाली काग्रेस र नेकपा एमाले को नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलिय संयन्त्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *