Categories समाचार

प्रहरी हिरासतमा रहेका रवि र छबिविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

Advertisement

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

Advertisement

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

Advertisement

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *