Categories समाचार

७ किलो गाँजा सहित एक ६५ वर्षीय भारतीय वृद्ध पक्राउ

वीरगञ्ज । पर्सामा लागुऔषध गाँजा सहित १ जना वृद्ध पक्राउ परेका छन् ।

बिहीबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थित खटिएको नियमित चेकिङ टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ संकाष्पदरूपमा झोला बोकी पैदल जाँदै गर्दा एक बाबालाई गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने वर्ष ६५ का गोगल महतो नुनिया रहेका छन् ।

Advertisement

नुनियासंग वाँया काँधमा कालो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र प्लाष्टिकले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ किलो फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई लागु औषध सहित नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *