वीरगञ्ज । पर्सा प्रहरीले ८५ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गा.पा.वडा नं.६ बस्ने ३६ वर्षीय शान्त वहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ का ४८ वर्षका प्रेम रूम्बा र मकवानपुर कैलाश गा.पा. वडा नं.१ बस्ने ३८ वर्षीय सुर्य बहादुर मोक्तान रहेका छन् ।
विशेष सूचनाको शुक्रबार विहान अन्दाजी साढे ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाइपासमा खटिएको संयुक्त प्रहरी टोलीले ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई खानतलासी गर्दा गाँजा फेला परेको थियो ।
उक्त मिनी कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ८५ किलो फेला परेको हुँदा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रक र ट्रकमा सवार ३ जनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।






