Categories विदेश

अमेरिका : कार दुर्घटनामा परि २ नेपालीको मृत्यु, एक घाइते

काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको कार दुर्घटनामा परि दुई जना नेपालीहरूको मृत्यु भएको छ ।

नोभेम्बर २२ तारिख बिहान साढे बाह्र बजे भएको उक्त दुर्घटनामा एक अर्को नेपाली घाइते भएका छन् । कारमा चार जना नेपाली सवार थिए ।

Advertisement

कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको कुरा लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख गरेको छ ।

Advertisement

उक्त दुर्घटनामा परेर ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठ बिस कोट नगरपालिकाको वडा नम्बर ७ का सुरेश केसी रहेको सुशील चन्दले नेपालमदर डटकमलाई बताएको छ । अर्का ज्यान गुमाउने मा बर्दियाका विवेक सुबेदी रहेका छन् ।

उनका अनुसार घाइते हुनेमा काठमाडौँका मेहुल श्रेष्ठ रहेका छन् । उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरा भन्दा बाहिर रहेको समाचारमा उल्लेख छ ।

उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको बताइएको छ । तस्बिर स्रोतस् नेपाल मदरडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *