Categories खेलकुद समाचार

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ, पर्सा गठन गर्न बस्यो बैठक

वीरगञ्ज । शारीरिक सुगठन तथा फिटनेस कर्ममा लागेका जिमका सञ्चालक तथा प्रशिक्षकहरुको बैठक सम्पन्न भएको छ ।

शनिबार बिहान बिरगञ्ज, गहवामाई मन्दिरको अस्तिथि सदनमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ, पर्सा गठनबारे छलफल गर्न बैठक बसिएको प्रशिक्षक करण यादवले जानकारी गराए ।

Advertisement

विभिन्न जिम क्लबका सञ्चालक तथा प्रशिक्षकहरुको उपस्थितिमा पर्सा जिल्लामा शारीरिक सुगठन र फिटनेसको विकासलाई अघि बढाउने विषयमा विशेष छलफल गरिएको थियो ।

Advertisement

यस अवसरमा संघ गठनको खाका तयार पार्ने, क्षेत्रीय स्तरमा फिटनेस कार्यक्रमहरु सञ्चालन गर्ने र युवाहरुलाई यस क्षेत्रमा संलग्न गराउने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको आसिफ अंसारीले बताए ।

संगठनले पर्सा जिल्लामा शारीरिक सुगठन तथा फिटनेस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउनुका साथै युवाहरुलाई शारीरिक स्वास्थ्य बारे सचेतना गराउने योजना समेत सार्वजनिक गरेको छ ।

अर्को भेलाबाट महासंघका पदाधिकारी चयन गरिने आजको बैठकबाट तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *