Categories समाचार

बालेन एमालेविरुद्ध परिचालित छन् : शंकर पोखरेल

काठमाडौं । काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् ।

Advertisement

‘नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, उनी भन्छन् ।

Advertisement

यस्तै हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना लगाएको थियो । कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन एमालेले गाडी पठाइदिन अनुरोध गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *