Categories समाचार

भारतीय ट्रकले दियो चार वटा सवारीसाधनलाई ठक्कर

काठमाडौँ । भारतीय नम्बर प्लेटको ट्रकले ललितपुरको सानेपामा चार वटा सवारीसाधनलाई ठक्कर दिएको छ। ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा युपी ४० टी ८१६२ नम्बरको ट्रकले आज (आइतबार) १२ः४५ बजे चार वटा गाडीलाई ठक्कर दिएको हो।

उक्त ट्रकले बिए ५१४० नम्बरको कार, बा २ झ२६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार र बा ९ च ९३०३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी दुई जना घाइतेको स्टार अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

बिए ५१४० नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ। ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *