Categories Uncategorized

विहे गर्ने विवादमा ‘गर्लफ्रेन्ड’को हत्या, बोरामा शव

Advertisement

जनकपुरधाम । धनुषामा विवाह गर्ने विषयलाई लिएर भएको विवादले एक युवतीको ज्यान गएको छ। जनकनन्दिनी गाउँपालिका–५, उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको धनुषा प्रहरीले पुष्टि गरेको छ। रेखाको शव मंसिर ८ गते दिउँसो ३ः३० बजे जनकनन्दिनी गाउँपालिका–४, खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोराभित्र फेला परेको थियो।

हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये मुख्य आरोपी जनकनन्दिनी गाउँपालिका–३ निवासी २२ वर्षीय राम ललित खत्वे मण्डल हुन्। उनीसँगै साने दासका छोरा २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका–८, नाथपट्टी निवासी २४ वर्षीय रमेश कुमार मण्डललाई पनि पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

Advertisement

प्रहरीको अनुसन्धान अनुसार, मृतक रेखा र राम ललितबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो। रेखाले राम ललितसँग विवाह गर्न दवाव दिएकी थिइन्। तर, राम ललितले नेपाली सेनामा फाराम भरेको र जागिरमा स्थिर भएपछि मात्र विवाह गर्ने बताएको कारण दुवैबीच विवाद हुँदै आएको थियो।

Advertisement

रेखाको परिवारले पनि यो विवाह स्वीकार नगरेको र रेखाले आफ्नो घर छोडेर राम ललितसँग विवाह गर्ने दबाब बढाएपछि घटना भएको प्रहरीको भनाइ छ।

हत्या योजनामा राम ललितले साथीहरू ज्ञानेन्द्र र रमेशको सहयोग लिएको खुलेको छ। उनले रेखालाई भेट्नका लागि घटनास्थल बोलाए। त्यहाँ पुग्नेबित्तिकै राम ललितले ढुंगाले प्रहार गरेर रेखालाई बेहोस बनाए। त्यसपछि दाह्री काट्ने छुरा (ब्लेड) प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

हत्या गरेर फरार रहेका तीनै जनालाई प्रहरीले मंसिर १३ गते पक्राउ गरी कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ । टुडेपाटीबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *