Categories समाचार

घरायसी विवादमा पूर्व असईले गरे श्रीमतीको हत्या

Advertisement

धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् ।

Advertisement

शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।

Advertisement

विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *