Categories समाचार

उपनिर्वाचनमा देशभर करिब ६२ प्रतिशत मतदान

Advertisement

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनको मतदानमा देशभर करिब ६२ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।

Advertisement

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो।

Advertisement

ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।

उता, रूकुम (पूर्वी) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो।

एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *