Categories समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

Advertisement

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा आज चीन भ्रमणमा जानुभएपछि राष्ट्रपतिले उहाँको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य गर्नका लागि संविधान बमोजिम सिंहलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *