Categories पत्रपत्रिका

घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम !

Advertisement

काठमाडौं । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ ।

यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो घडीलाई नियमित रूपमा दम दिन भने नपर्ने भएको छ ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ, क्याम्पस पुनःनिर्माणका क्रममा राणाकालीन भवन तथा त्यस ठाउँको चिनारीका रूपमा रहेको घण्टाघर तथा घडीलाई पनि पुरानै स्वरूपमा राख्नुपर्ने आममानिसको मागबमोजिम संरचनाको कुनै पनि स्वरूप नबिग्रने गरी प्रबलीकरणको काम भइरहेको निर्माण कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले जनाएको छ ।

Advertisement

उक्त कम्पनीका परियोजना व्यवस्थापक सुशील थापाले पुरानै शैलीमा घडीमा नियमित रूपमा दम दिन जनशक्तिको अभाव भएका कारण प्रणालीले आफैँ दम दिने गरी निर्माण गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार घण्टाघरमा पुरानै घडी राखिने छ भने त्यस घडीले पुरानै शैलीमा आवाज पनि दिने छ । ‘पुरानो स्वरूप नबिग्रियोस् भन्नेमा हामी सचेत छौँ । पुरानो घडीमा नियमित दम दिन एक जना कर्मचारी मात्रै रहनुभएको रहेछ । उहाँले अवकाश पाएपछि घडीमा दम दिने मान्छे पनि रहने छ’, थापाले भने, ‘जनशक्ति अभाव भएको अवस्थामा घडी चल्न नै नछोडोस् भनेर प्रणाली आफैँले दम दिने व्यवस्था गर्न लागेका हौँ । अरू केही पनि नयाँ संरचना थपिँदैन ।’

क्याम्पस प्रमुख नीलम श्रेष्ठ प्रधानले पनि घडीको पुरानो स्वरूप नबिगार्न भवन निर्माणका लागि बजेट विनियोजन गरिदिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निर्माण कम्पनीलाई अनुरोध गरेको बताइन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *