Categories समाचार

गृहमन्त्रीको नक्कली पिए पक्राउ

Advertisement

बिरगंज । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली ‘पिए’ लाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बैतडीका भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई धुम्वाराहीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

Advertisement

उनका अनुसार विष्टले गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोजेका थिए।

‘नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको छ,’ उनले भने।

सचिवालयले पनि नक्कली पिएको विषयबारे थाहा पाएपछि सूक्ष्म रूपमा जानकारी लिइरहेको थियो। नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको प्रहरीले बताएको छ।

गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *