Categories समाचार

गढिमाईमा आयोजीत कनेक्ट किसानको कृषि प्रदर्शनी सफलता पूर्वक सम्पन्न

Advertisement

बारा । बाराको महागढिमाई नगरपालिकामा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी सम्पन्न भएको छ ।

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको कृषि प्रदर्शनीको आज महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गर्नुभएको हो ।

Advertisement

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले गढिमाई मेलामा पहिलो पटक फरक खाले प्रदर्शनी आयोजना गर्न
सफल भएकोमा कनेक्ट किसानलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Advertisement

प्रदर्शनीकोकारण कृषकहरुले नयाँविषयवस्तु बुझ्ने र अवलोकन गर्ने अवसर पाउनुका साथै स्थानिय उत्पादनको प्रचार प्रसारमा सहयोग पुगेको बताउनुभयो ।

पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बालि र कृषि सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन, सात प्रदेशको सात फरक परिकार, कृषिमा आधुनिक प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी,कृषि उपकरणमा विभिन्न कम्पनीका ट्राक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्य आवश्यक उपकरणहरु प्रदर्शनीमा राखिएका थिए ।

एक सातामा करिब १ लाखले अवलोकन भ्रमण गरेको कृषि प्रदर्शनीमा १० करोड बराबरको प्रत्यक्ष तथा बुकिङ कारोवार भएको कनेक्ट किसानको अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिनुभयो ।

कृषि सम्बन्धि हेभि ईक्वीपमेन्ट, ट्राक्टर तथा अन्य उपकरणको बढि बुकिङ भएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

प्रदर्शनीमा किसानहरुलेकृषि तथा पशु सेवाका विशेषज्ञहरुसँगको प्रत्यक्ष कुराकानी र रोबोट सँगको
कुराकानी विशेष आकर्षणको रुपमा रहेको थियो ।

कृषि सम्बन्धि नेपाल सरकारका विभिन्न निकायहरुको सहभागिता रहेको प्रदर्शनीमा निजी क्षेत्रको समेत गरी विभिन्न १०० वटा स्टलहरु रहेको थियो भने प्रदर्शनी मंसीर १८ गतेदेखी २४ गतेसम्म चलेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *