Categories धर्म/संस्कृति

आज मोक्षदा एकादशी मनाइँदै

Advertisement

काठमाडौं । मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन।

महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए। हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

Advertisement

महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ। गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ।

Advertisement

गीताजयन्तीका अवसरमा विश्व हिन्दु महासंघलगायत धार्मिक संघसंस्थाले कार्यक्रम गर्दैछन्। गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गरी यो दिवस मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *